दुर्गेसकी बेहुली बनिन् प्रियंका

चर्चित नायिका प्रियंका कार्की र मोडल दुर्गेस थापालाई लिएर गायक हेमन्त शर्माको नयाँ गीतको छायांकन गरिएको छ । शनिबार राजधानीका रमणिय स्थानहरुमा छायांकन गरिएको ‘बिहे’ बोलको गीतमा हेमन्त शर्माको स्वर, शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा दुर्गेस र प्रियंकाको बिवाहको सिनपनि खिचिएको छ भने उनीहरुको बिभिन्न डान्स मुभहरु पनि देख्न पाईनेछ ।

धिरज जंग शाहको छायांकनमा खिचिएको गीतको भिडियोलाई शिव बिकले कोरियोग्राफ गरेका छन् । प्रकाश तुलाधरको सम्पादनमा बन्ने गीतको भिडियो आउँदो हप्ता सार्वजनिक हुने गायक हेमन्त शर्माले बताए । दुई जर्मन नागरिक र बुटवलका मेला महोत्सवहरुमा सक्रिय कलाकर केशव ज्ञवालीको अभिनय रहेकोे भिडियोलाई स्वयं गायक हेमन्त शर्माले नै निर्देशन गरेका हुन् । यो हेमन्तको निर्देशनमा बनेको पाचौँ भिडियो हो ।

hemant

About hemant

Leave a Reply