मनमा आत्महत्याको सोच आउँछ ? गायक हेमन्त शर्मा भेट्नुहोस्

चर्चित एवं लोकप्रिय गायक हेमन्त शर्माले साप्तहिक भ्लगिङ सुरु गरेका छन् । उनले आफ्ना मनका कुरा भिडियोको माध्यमबाट युट्युबमार्फत दर्शक समक्ष पुर्याउन सुरु गरेका हुन् । आफ्नै युट्युब च्यानलमा अपलोड हुने भ्लगिङमा उनले विभिन्न विषयमा बोल्ने गर्छन् । आफैले गाएका गीतहरु मात्र अपलोड हुँदै आएको उक्त च्यानलमा अहिले उनको कार्यक्रम पनि साप्तहिक रुपमा अपलोड हुन थालेको हो ।

‘इनफर्मल हेमन्त’ नाम दिएर सुरु गरिएको कार्यक्रममा उनले गएको साता ‘उच्च जीवन उच्च बिचार’ को बारेमा आफ्ना धारणहरु राखेका थिए । नयाँ कार्यक्रममा भने गायक शर्माले ‘आत्महत्या’को बारेमा बोलेका छन् । मनछुने कथाबाट गायक शर्माले कार्यक्रमको सुरुवात गरेका छन् । साथै शर्माले कार्यक्रममा कसैलाई आत्महत्याको सोच आएमा आफुसँग भेट्न आग्रह समेत गरेका छन् । पशुपतिनाथ मन्दिर परिसरमा खिचिएको कार्यक्रमको अन्त्यमा शर्माले आफुबाट आफैँ दुःखी हुन नहुने अभिब्यक्ति दिएका छन् । हेर्नुहोस् भिडियोः

hemant

About hemant

Leave a Reply