डम डम डम लिएर आए गायक हेमन्त शर्मा

गायक हेमन्त शर्मा एउटा पृथक शैलीको गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।  बिहेबारी सम्बन्धि विषयमा विषयमा नेपाली गीतको संख्या कम रहेको अवस्थामा शर्माले यही विषयमा आधारित गीत तयार पारेका हुन् । गीतमा गायक शर्माकै शब्द तथा संगीत सुन्न सकिन्छ । श्यामश्वेत रसाइलीले यो गीतमा संगीत संयोजन गरेका छन् ।

बिहे गरौं कि नगरौं भन्ने युवाको कथा बोकेको यो गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । गायक शर्माले आफ्नै निर्देशनमा म्युजिक भिडियो तयार पारेका हुन् । गायक शर्माका अनुसार म्युजिक भिडियोमा झन्डै ६५ जना भन्दा बढिको सहभागिता छ ।

भिडियोमा अभिनेत्री प्रियंका कार्की, दुर्गेश थापा तथा केशव ज्ञवालीले अभिनय गरेका छन् । ज्ञवाली बुटवलतिरका अधिकांश मेला–महोत्सवमा नृत्य गरिरहने कलाकार हुन् । म्युजिक भिडियोको एक जोडी जर्मन नागरिकले पनि अभिनय गरेका छन् । भिडियोमा शिव बिकको कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । यो भिडियोलाई गायक शर्माले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

डम डम डमको म्यूजिक भिडियो 

hemant

About hemant

Leave a Reply