भोजपुरीमा सुहाएको हेमन्तको गला

गायक हेमन्त शर्मा जस्तो पायो त्यो गीत गाएर गीत माथि अन्याय गर्ने स्रष्टा होईनन् । उनी आफ्नो गलामा सुरिलो सुनिने गीत गाउँछन्, गीत बनाउँछन् र गीतसंगीतको न्याय गर्छन् । थोरै तर स्तरिय गीत सिर्जना गर्ने शेमन्त शर्माको स्वरमा एउटा भोजपुरी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनको स्वर निक्कै सुहाएको छ उक्त भोजपुरी भाषाको गीतमा ‘लब्ली लब्ली आँखिया तोहार’ बोलको सार्वजनिक गीतको उनले एकसाता अघि ट्रेलर पनि सार्वजनिक गरेका थिए ।

ट्रेलर रिलिज गरेको एकसाता पछि गायक शर्माले आफ्नै युट्युब च्यानलबाट गीतको फुल भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतको मयूजिक भिडियोमा सुष्मा अधिकारी र अनिल थापा जोडीका रुपमा प्रस्तुत भएका छन् ।

सबै भाषा र जातिलाई उत्तिकै सम्मान गर्ने गायक शर्माले भोजपुरी भाषिको सम्मानका खातिर यो गीत गाएको बताएका छन् । तराई मै जिल्लामा जन्मेर, हुर्के बढेका गायक शर्माले यो गीतको म्यूजिक भिडियो पनि आफू हुर्केको नवलपरासीको त्रिवेणी क्षेत्रमा छायाँकन गरेका छन् । शर्मालाई गीत लेखनमा  नरहरि प्रेमीले सघाएका छन् । संगीत पनि प्रेमीकै रहेको छ । रामबाबु पटेलले संगीत संयोजन गरेको गीतको म्यूजिक भिडियोलाई शिव बिकेले निर्देशन गरेका छन् । भिडियो सम्पादन प्रकाश तुलाधरले गरेका हुन् ।

 

लब्ली लब्ली आँखिया तोहारको म्यूजिक भिडियो : 

hemant

About hemant

Leave a Reply